प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विचार र मार्गदर्शन सधैँ आफ्नो लागि प्रेरणा बन्ने बताएका छन्।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आजको दिन मदन–आश्रित गुमाएको भन्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
उनले लेखेका छन्,‘३२ वर्ष अगाडि आजको दिन, हामीले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितलाई गुमायौँ। जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो। मदन–आश्रितको पवित्र स्मृतिमा हामी शिर निहुराउँछौ। उहाँको विचार र मार्गदर्शन सधैँ हाम्रो प्रेरणा बन्नेछ।मदन–आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली र उच्च सम्मान व्यक्त गर्दछु।’
तत्कालीन एमालेका महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको २०५० जेठ ३ गते चितवनको दास ढुङ्गामा जीप दुर्घटनामा निधन भएको थियो।