काठमाडौँ । शुक्रवार भएको राजावादीहरूको प्रदर्शनका क्रममा कीर्तिपुर–४ बस्ने वर्ष २९ को सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
शुक्रवार साँझ पत्रकार सम्मेलनको आयोजना गर्दै राजावादीहरूको आन्दोलनका क्रममा कमान्डर दुर्गा प्रसाईले गरेकाले उनी र आयोजक संस्थाले नै क्षतिको जिम्मेवारी लिनुपर्ने गृहको दाबी छ ।
तर यता समाजवादी मोर्चाको आन्दोलनमा शान्तिपूर्ण भएको र १८ हजार सहभागी भएको गृह मन्त्रालयको भनाइ छ ।
गृहका अनुसार निजी संरचना, अस्पताल तोडफोड गर्ने काम भएकाले त्यो क्षमायोग्य छैन । आपराधिक क्रियाकलापमा संलग्न सबैलाई कानुनी कारवाहीलाई ल्याइने पनि गृह मन्त्रालयले जनाएको छ ।