तीनकुने क्षेत्रमा प्रदर्शनमा उत्रिएका राजावादीहरू सत्तारुढ नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलतर्फ अघि बढेका छन्। प्रदर्शनका क्रममा आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनीपछि उनीहरू च्यासलतिर अघि बढेका हुन्।
प्रदर्शनकारीहरूले नेकपा एसको कार्यालय आलोकनगर पुगेर पहिले तोडफोडमा उत्रिएका थिए। पछि आगजनी गरेका हुन्। उनीहरू एमाले कार्यालयतिर अघि बढेको उनले जानकारी दिए।
प्रदर्शनकारीहरु नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचरहरू फुटाए, त्यसपछि प्रदर्शनकारीरुले उक्त कार्यालय आगजनी समेत गरेका हुन्। प्रदर्शनकारीहरु नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडा पनि पुगेका छन्। राजावादीहरूको आन्दोलन उग्र बन्दै गएको छ।