राजावादीहरूको प्रदर्शन उग्र बन्दै गएपछि काठमाडौँको विभिन्न ठाउँमा कर्फ्यु लगाइएको छ। प्रहरीले विभिन्न स्थानमा माइकिङ गर्दै उक्त आदेश गरेको हो। 
तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई नियन्त्रणको प्रयास गर्दै प्रहरीले उक्त सूचना दिएका हुन्। तीनकुने, शान्तिनगर र बानेश्वर क्षेत्रमा कफर्युको सूचना प्रहरीले गरेको हो। 
राजावादी प्रदर्शनकारी अराजक बन्दै नेकपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा आन्दोलनकारीले तोडफोड गरेका छन्। उनीहरूले सर्वसाधारणका घर तथा सम्पत्तिमा समेत क्षति पुर्‍याएका हुन्।