धनकुटाको शहिदभूमी गाउँपालिका-१ स्थितबाट लागुऔषध गाँजा बोकेको अटोसहित ओसार पसारमा संलग्न चालकलाई प्रहरीले पक्राउ गरेको छ।

चैत्र १३ गते राती साढे १० बजे इलाका प्रहरी कार्यालय छिन्ताङबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को.१ ह ९१३३ नम्वरको अटोमा ७ वटा बोरामा लोड गरी लादै गरेको १ सय ५ किलोग्राम गाँजा बरामद भएसँगै अटो र ओसार पसारमा संलग्न रहेका चालक शहिदभूमी-१ का २५ वर्षीय अभिषेख वि.क.लाई पक्राउ गरेको छ। 

गाँजासहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ।