नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बा पो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’को भव्य प्रिमियर गरिएको छ। सोमबार साँझ ललितपुरको क्यूएफएक्स लाविम मलमा गरिएको प्रिमियरमा चलचित्रकर्मीसँगै फुटबल खेलाडीको उपस्थिति थियो। 
प्रिमियर शोमा पुगेका अभिनेता दयाहाङ राईले अञ्जिलाको सङ्घर्षको तारिफ गर्दै चलचित्र सफलताको कथा बनेको बताए। 
उनले अञ्जिला सम्झन लायक चलचित्र बनेको भन्दै भने, ‘खेल र कलालाई नजिकबाट मैले नियाल्दा यो सफलताको कथा हो। सम्पूर्ण नेपालीहरूलाई प्रोत्साहन गर्ने चलचित्र हो। केही गर्न सकिन भन्नेहरूलाई यसले बल, तागत दिन्छ।’
यसैगरी, निर्देशक मिलन चाम्सले कप्तान सुब्बाको जीवनीको ९० प्रतिशत कथालाई चलचित्रमा समावेश गरेको बताए। उनले सिनेमा चुनौतीपूर्ण रहेको पनि बताए। उनले भने, ‘वायोपिक सिनेमा गर्न गाह्रो हुन्छ। यो सिनेमा आफैमा चुनौतीपूर्ण हो।  रियल स्ट्रोरीको परिधिमा रहेर बनाएको दस्ताबेज हो। राम्रो कोसिस गरेका थियौ। आजको प्रतिक्रियाले खुसी मिलेको छ।’
यस्तै प्रिमियर शोमा पुगेका पत्रकार प्रकाश सुवेदीले यो सिनेमा यथार्थपरक भएकाले भावुक बनाउने बताए। उनले निर्देशक मिलन चाम्स र निर्माता प्रेम कुमार श्रेष्ठको खुलेर तारिफ गरे।