राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ महानगरपालिकालाई जरिवाना बुझाएको छ।

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा काठमाडौँका सडकमा फोहोर र बिरुवामा क्षति गरेको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो। उक्त जरिवाना बापतको रकम राप्रपाले महानगरलाई सोमबार बुझाएको हो।

संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगर प्रहरीको टोलीलाई भेटेर जरिवाना बापतको रकम बुझाएको हो।