गुणस्तर र सर्वसुलभ उपचार सेवा उपलब्ध गराउँदै आएको काठमाडौँ मेडिकल कलेज (केएमसी) ले अत्याधुनिक प्रविधिको प्रयोगबाट छालाका विभिन्न रोगको उपचार गर्न सुरु गरेको छ। नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल कुमार शर्माले अस्पतालमा छाल रोग सम्बन्धी उपचार गर्ने नयाँ प्रविधिको थप गरेसँगै यो सेवाको सुरुवात भएको हो। 

केएमसीमा अहिले छालासँग सम्बन्धी उपचार गर्ने उच्च क्षमताका ५ वटा उपकरण जडान भएका छन्। जसबाट रौँ हटाउनेदेखि अनुहार चाउरी हुनबाट रोक्नेसम्मको उपचार गर्न सकिने केएमसीले जानकारी दिएको छ। केएमसीमा हेयर रिडक्सन लेजर मेसिन, पिकोसेकेन्ड लेजर सिस्टम, माइक्रोनेडलिङ रेडियो फ्रिक्वेन्सी डिभाइस, सिओ२ लेजर स्मोक इभ्याकुएटर र स्किन एनालाइजर बिट्मोजी जडान भएका हुन्।

उक्त उपकरणको साहयताबाट दक्ष चिकित्सकको साथ सहित उपचार गर्ने व्यवस्था केएमसीले मिलाएको हो। नेपालको प्रभावकारी अस्पतालका रूपमा परिचित केएमसीले यो सुविधा औसत शुल्कमै उपलब्ध गराउने उद्देश्यका साथ छालाको रोग निवारण गर्ने एआईमा आधारित मेसिन ल्याएको बताइएको छ।