काठमाडौँमा जारी पाचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा विभिन्न संस्थाहरुबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित सम्मेलनमा विभिन्न क्षेत्रका १० निकायसँग समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।
रोजगारी सिर्जना गराउने उद्देश्यले सीपमूलक तालिम प्रदान गर्न राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र निर्माण व्यवसायी महासङ्घ, कम्प्युटर एसोसिएसन नेपाल, होटल सङ्घ नेपाल, नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल, नेपाल तयारी पोसाक उद्योग सङ्घ, सुनचाँदी व्यवसायी महासङ्घ, इको इन्टरनेशनल फ्रेम प्रालि, मदरल्याण्ड स्किल एकेडेमीलगायतका संस्थाहरूसँग सम्झौता भएको हो।




















