उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० (बाफिया) र धितो पत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई संसद्‌बाट चाँडो पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन्।​
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले बाफिया र धितो पत्रसम्बन्धी विधेयकलाई समितिमा छलफल चाँडो टुङ्ग्याएर प्रतिनिधिसभामा छलफलका लागि लगिनुपर्ने बताए।
'भन्सार विधेयकसँगै बाफिया र धितो पत्रसम्बन्धी विधेयकमाथिको छलफल चाँडो सकेर चैत मसान्तभित्र समितिको प्रतिवेदनसहित प्रतिनिधिसभामा पुग्नेछ भन्ने अपेक्षा गरेको छु,' उनले भने।
कानुन निर्माणका काम सुस्त भएको भनेर समिति र सदनको प्रभावकारिता माथि जनस्तरबाट समेत आलोचना हुने गरेको उनले उल्लेख गरे।