मोरङको विराटनगरबाट लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल भारत बिहार अररियाका २८ वर्षीय अर्जुन मल्लिक, विराटनगर-१७ का १९ वर्षीय साइनम गुरुङ र लेटाङ नगरपालिका-३ का ४० वर्षीय नवीन तामाङ छन्।
उनीहरूको साथबाट प्रहरीले ४० ग्राम १४ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ।