ललितपुरको महालक्ष्मी नगरपालिका–५, टीकाथलीमा पानीका लागि बोरिङ खन्ने क्रममा आगोको ज्वाला निस्किएको छ। मंगलबार टीकाथलीको गोदावरी खोलानजिक खानेपानीको बोरिङ खन्ने क्रममा ग्यास निस्केर आगो बलेको हो।

बोरिङ खन्ने क्रममा एक्कासि आगोको मुस्लोसहितको ग्यास निस्किएपछि स्थानीय त्रसित भएका छन्। आगोको ज्वालापछि बोरिङ खन्ने काम रोकिएको छ।

पानीका निम्ति बोरिङ खन्ने क्रममा ग्यास निस्केर आगो बलेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।