मोरङको बेलबारीमा साथीले काटेको रुखको हाँगाले लागेर सोमबार एक जनाको मृत्यु भएको छ।
घाँस काट्ने क्रममा रुखको हाँगाले लागेर बेलबारी नगरपालिका–४ का ५७ वर्षीय टेकप्रसाद भट्टराईको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार भट्टराई साथीहरुसँग बाख्रालाई घाँस काट्नका लागि देवीथान सामुदायिक वनमा गएका थिए।
बेलबारी नगरपालिका–४ का ४० वर्षीय बालकृष्ण आचार्यले काटेको रुखको हाँगाले भट्टराईको टाउकोमा लागेको जोशीले बताए। घटनालगत्तै प्रहरीले आचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।