नेपाली बजारमा मङ्गलवार सुनको मूल्य एक हजार चार सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले बढेर तोलाको १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।