महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधु सन्तहरुलाई दक्षिणासहित बिदाइ गरिएको छ।
शुक्रवार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेको हो।
गुठी संस्थानका सञ्चालक सदस्य कृष्ण प्रसाद रेग्मीले साधुसन्तहरूको वर्गीकरण गर्दै त्यही अनुसारको दुई सयदेखि नौ हजार रुपैयाँसम्मको खर्चको व्यवस्था गरेर बिदाइ गरेको जानकारी दिएको छ।
उनले भने,‘हामीले साधुहरूलाई विभिन्न वर्गीकरण गरेको छौँ। त्यही अनुसार नै दक्षिणा दिएर बिदाइ गर्दै छौँ। दुई सय रुपैयाँदेखि लिएर नौ हजारसम्मको दक्षिणा दिएर बिदाइ गरेका छौँ।’
त्यस्तै उनले साधु सन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थानले पहिले गर्ने प्रचलन भएतापनि केही वर्षदेखि कोषले पनि आधा खर्च गर्न थालेको बताए।
उनले भने,‘शिवरात्रिको बेला सम्पूर्ण खानपानदेखि बस्ने र धुनीको व्यवस्था साधु सन्तहरुलाई दक्षिणा दिने र गुठीले बिदाइ गर्ने परम्परा थियो। अहिले कोषले गुठीले दिएको आधा रकम हामी पनि दिन्छौँ भनेर उहाँहरूले पनि गर्न लाग्नु भएको छ।’