लमजुङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ। बिहान ९ बजेर ११ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो।
मर्स्याङ्दी गाउँपालिका–२ घनपोखरास्थित खुँदिखोला आसपास केन्द्रबिन्दु भएर ३ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 
मर्स्याङ्दी गाउँपालिका र सदरमुकाम बेंसीसहर वरपर भूकम्पको छोटो तर कडा झड्का महसुस भएको थियो। 
यसअघि पनि मर्स्याङ्दी गाउँपालिकाको भुलभुले, सिम्पानी, बाहुन डाँडा केन्द्रबिन्दु भएर पटक–पटक भूकम्प गएका छन्।