स्पेनिस ला लिगाको शनिवार भएको खेलमा बार्सिलोनाले लास पल्मासलाई २–० ले हराएको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६२ औँ मिनेटमा डानी अल्मोको गोलमा अग्रता लिएको बार्सिलोनाका लागि इन्जुरी समयको पाँचौँ मिनेटमा फेरान टोरेसले थप अर्को गोल गरेका हुन्।
शनिवार भएकोअर्को खेलमा जुलियन अल्भारेजको दुई गोलमा एट्लेटिको म्याड्रिडले भ्यालेन्सियालाई ३–० ले हराएको छ भने भिल्लारियलले रायो भन्कानोलाई १–० ले हरायो। गएराति नै भएको अर्को खेलमा इस्पानियोलले डेपोर्टिभो अल्भासमाथि १–० को जित निकालेको छ।
स्पेनिस लिगको तालिकामा बार्सिलोना ५४ अङ्कसहित शीर्ष स्थानमा छ। यसैगरी, एट्लेटिको म्याड्रिडको ५३ अङ्क छ।