सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो सवा १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्नेछ।
आजको बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएका ‘भ्रष्टाचार निवार (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘विद्युतीय व्यापार विधेयक २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराई टेबुल गर्ने छन्।
यस्तै, विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्ने कार्यसूची छ।