चीनको प्राविधिक हब शेनझेनमा ह्युमानाइड रोबोट उद्योगको विकासले तीव्रता पाएको छ।
विशेष गरी च्याट जिपिटीपछि ह्युमानाइड रोबोटहरू नयाँ रेकर्ड तोड्दै उद्योगका रूपमा विकसित हुँदै गएका हुन्।
जसका कारण कुनै समय विज्ञानको कथा जस्तो लाग्ने कुरा अहिले यथार्थमा परिणत भएको देखिन्छ। चीनको ‘टेक हब’ मानिने शेन्जेनमा ह्युमनोइड रोबोटिक्स उद्योग फस्टाउँदै गएको हो।
रोबोटका डिजाइनरहरूका अनुसार रोबटका मोडेलको प्राकृतिक हिँड्ने चाल हासिल गर्न कठिन हुने गरेको भएपनि अब बिस्तारै व्यवसायीकरण हुँदै गएको छ।
शेन्जेन इन्जिन एआई रोबोटिक्स टेक्नोलोजीका प्रमुख मार्केटिङ अफिसर याओ ऐवेनका अनुसार रोबोटका लागि पहिलेदेखि नै सिकाई प्रक्रिया, प्रोत्साहन, सिकाई कोडिङ र डिप्लोयमेन्ट कोडिङको ओपन सोर्सलाई प्रयोग गरेर अगाडि बढ्दै जाँदा सफलता हासिल गर्दै गएको बताए।
एआए अर्थात् कृत्रिम बुद्धिमताको विकास भइरहेका बेला ह्युमानाइड रोबोटहरूले केही वर्षमै विशाल प्रगति गरेको उनले बताए। उच्च–जोखिमका साथ अगाडि बढ्नका लागि पुँजी र इन्जिनियरिङ प्रतिभा सुनिश्चित गर्ने चुनौतीहरू थपिएको उनले बताए।
चाइना डेवलपमेन्ट इन्स्टिच्युटका सहायक अध्यक्ष चाओ जोङसिओङले च्याट जिपिटीपछि, ह्युमानाइड रोबोटहरूले उच्च प्रगति गरिरहेको स्वीकारे। उनले अझै प्राविधिक समस्याहरूको समाधान गर्न बाँकी रहेको पनि बताए।
‘हामीलाई इन्जिन एआई जस्ता कम्पनीहरूले बलियो सुरुआत भएको बताइरहेका छन्। हालको सफलताको अधिकांश हिस्सा शेनझेनको समृद्ध प्राविधिक इकोसिस्टमबाट आएको हो,’ उनले भनेका छन्।
शेनझेन र ग्रेटर बे एरिया चीनको ह्युमानाइड रोबोटिक्स उद्योगमा नेतृत्व गरिरहेको र विश्वभरि प्रभाव पार्दै गएको रोबोट निर्माताहरूको भनाई छ।