मिलानो रनवेले चौथो संस्करणको ‘फेसन सो’ सम्पन्न गरेको छ। बुधवार साँझ काठमाडौँको ठमेलमा आयोजित एक समारोहबीच ‘फेसन सो’ सम्पन्न भएको हो।
फेसन सोमा जम्मा ४१ जना मोडलहरू रहेका थिए। जसमा १२ जना केटा र २२ जना केटीहरू सहभागी रहेको अध्यक्ष मिलानो श्रेष्ठले बताए।
उनले, युवा पुस्तालाई मोडलिङको क्षेत्रमा अग्रसर गराउने हेतुले समय समयमा यस्ता खाले फेसन सोहरू आफूहरूले गर्दै आएको बताए।
मोडलहरूले विभिन्न डिजाइनहरूले तयार पारेको पोसाकहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा चलचित्र क्षेत्रका कलाकारहरूको उपस्थिति रहेको थियो।