मोरङको बेलबारी नगरपालिकामा किसानलाई सिँचाईका लागि पानी तान्ने मोटर वितरण गरिएको छ। उक्त मोटर वितरण नगरपालिका द्वारा संचालित चैते धान प्रबर्धन कार्यक्रम अन्तर्गत गरिएको हो।
कृषि शाखाका अधिकृत निर्मला कोइरालाका अनुसार, संघ सरकारले १९ वटा र पालिकाले २७ वटा गरी कुल ४३ वटा डिप बोरिङ्ग मोटर किसानलाई वितरण गरेको हो। किसानहरूले ७५ प्रतिशत अनुदान प्राप्त गरेका छन् भने २५ प्रतिशत अर्थात् ८ हजार १७५ रुपैयाँको लागत उनीहरूले आफैं व्यहोर्नु परेको छ। यस कार्यक्रम अन्तर्गत कुल ३२७०० रुपैयाँ मूल्यको बोरिङ्ग वितरण गरिएको छ।
बेलबारी नगरपालिकामा कृषि क्षेत्रको महत्त्वपूर्ण हिस्सा रहेको छ, जहाँ ४० प्रतिशत भूगोल कृषि कार्यमा समर्पित छ। बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईका अनुसार, यहाँको कृषिमा पानीको पर्याप्त व्यवस्था नभएको र धेरै ठाउँमा सतह सिँचाई र भूमिगत सिँचाईको व्यवस्थापन राम्रोसँग भएका छैनन्। यसलाई ध्यानमा राख्दै, नगरपालिकाले कृषकलाई बोरिङ्ग मोटर वितरण गरेर उनीहरूको सिँचाइको समस्या समाधान गर्ने प्रयास गरेको छ।
मोटर वितरणपछि, किसानहरूलाई सिँचाइको समस्या समाधान भएको छ र उनीहरूले खुशी व्यक्त गरेका छन्। बेलबारीका कृषकहरूले खेतमा पानीको समस्या रहँदा खेती गर्न मुस्किल भएको बताए । उनले अब बोरिङ्ग पाएपछि भने धान र मकै फलाउन सक्ने विश्वसा व्यक्त गरे ।
संघ सरकारसँगको सहकार्यमा बेलबारी नगरपालिकाले सञ्चालन गरेको यस कार्यक्रमले बेलबारीका किसानहरूलाई सिँचाइको सुविधा उपलब्ध गराउने र कृषिको उत्पादन बढाउने दिशामा महत्त्वपूर्ण कदम चालेको बुझ्न सकिन्छ ।