झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाहरुको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
माघ २३ गते अस्थायी प्रहरी चौकी अमरहाट सुनसरीबाट खटिएको प्रहरी टोलिले धरान उप-महानगरपालिका-४ स्थितबाट बा-०२-०३५ प १५३४ नम्बरको स्कुटर चालक धनकुटा नगरपालिका-४ का २३ वर्षीय रोशन श्रेष्ठ र पछाडि सवार २४ बर्षीय निरज घिमिरेलाई १६ ग्राम ५६० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो।
यसैगरी, झापाको मेचिनगर नगरपालिका-६ स्थितबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको प्रहरी टोलीले मोरङको शनिश्वरे नगरपालिका-६ का ३० बर्षीय इश्वर भुजेल र उनको श्रीमती ३८ वर्षीया शान्ती आङ्देम्बे भुजेललाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने बिराटनगर-१५ स्थितबाट लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलिले सुनसरी इटहरी उप-महानगरपालिका-९ का २५ वर्षीय निशान चौधरीलाई ३ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।
यसैगरी, उदयपुरको त्रियुगा नगरपालिका-४ का ३० बर्षीय सरोज कुमार सार्कीलाई एम्पुल १७ वटा, सिरिन्ज १ थान सहित पक्राउ गरेको छ।