झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट लागू औषध खैरो हिरोइन सहित १ जना लाई प्रहरीले पक्राउ गरेको छ। 
माघ २१ गते लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेका ताप्लेजुङ सिदिङवा गाउँपालिका-३ का २२ वर्षीय सुरेन्द्र राईलाई १ ग्राम १३० मिलिग्राम लागू औषध खैरो हिरोइन सहित नियन्त्रणमा लिएको छ।
यसैगरी, गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले आज बिहान साढे २ बजे धरान उप-महानगरपालिका-६ पानमारा जङ्गल स्थित सेउती पुलमा बा १५ च ७६३३ नम्बरको गाडी सहित बेवारिसे अवस्थामा राखिएको ४१० किलो गाँजा बरामद गरेको हो भने प्रहरी चौकी घुस्कीहाट सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले माघ २१ गते राति हरिनगर गाउँपालिका-६ स्थितबाट बेवारिसे अवस्थामा सुटकेभित्र राखेको १९ किलो गाँजा बरामद गरेको छ।
लागूऔषध खैरो हिरोइन र बेवारिसे गाँजाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।