धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रित्तो गाग्री लिएर सिंहदरबार प्रवेश गर्ने भनेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ।
रित्तो गाग्री लिएर जाने चुनौती दिएका साम्पाङलाई रोक्नका लागि सिंहदरबारका तीन गेटमा प्रहरी तैनाथ गरिएको छ। प्रहरीले पुर्वी, दक्षिण र पश्चिम गेटमा सुरक्षा मा कडाइ गरेको छ।
धरानलाई खानेपानीका लागि बजेट नदिएको भन्दै लामो समयदेखि आन्दोलनरत साम्पाङ सोमबार थोत्रो गाग्री लिएर काठमाडौँ आएका थिए।
आफूले सो गाग्री लिएर प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई बुझाउने साम्पाङको योजना थियो।