मोरङको बेलबारीमा शुभमुर्हूत गर्दै चलचित्र ‘नाक्छोङ’ (विजुवा) को छायाङ्कन सुरु भएको छ। 
ज्योतिराज राईको निर्माणमा बन्ने चलचित्रको मुर्हूतमा स्थानीय विजुवाले तीन चुला र चिण्डोलाई पूजासहित चलचित्रको मुर्हूत गरेका थिए। 
मुहूर्तमा लेखक तथा निर्देशक नवीन सुब्बा, मिलन चाम्स, बेलबारी नगरपालिका वडा नं ११ का वडाध्यक्ष विक्रम वान्तवालगायतको उपस्थिति थियो।
कार्यक्रममा कलाकार याशेली योङ्हाङ र हेम दिलुङ्छाले मुर्हूत सट दिँदा त्यसको निर्देशक नवीन सुब्बा, क्यामरा रोल वडाध्यक्ष विक्रम वान्तवा र क्ल्याप मिलन चाम्सले पड्काएका थिए।
मुर्हूतपछि निर्देशक नवीन सुब्बाले राई जातिको कथा, संस्कृति फिल्ममा कम आएको बताउँदै यस क्षेत्रसँग सम्बन्धित निर्देशकले आफ्नै त्यस्ता विषयवस्तुमा जोड दिनुपर्ने बताए। 
निर्देशक मिलन चाम्सले ‘नाक्छोङ’को सुरुवात पितृहरूको सम्मान र सम्झनासहित सुरु भएकाले इतिहास रच्ने बताएको निर्माणपक्षले प्रेस नोटमा उल्लेख गरेको छ। 
चलचित्रलाई किरण राईले निर्देशन गर्दै छन्। किरणले यसअघि ‘लुङा’ र ज्यापंचौ’ निर्देशन गरेका थिए। चलचित्रको कथा पनि निर्देशक स्वयमले लेखेका छन्।