टाइगर गुप्र अफ पोखरा नेपालले एनसेल पाँचौँ टाइगर कप भलिबल प्रतियोगिताको आयोजना गरेको छ।
शुक्रवार पत्रकार सम्मेलन गर्दै टाइगर ग्रुपले यहीँ माघ १२ गतेदेखि १९ गतेसम्म पाँचौँ टाइगर कप भलिबल प्रतियोगिता पोखरा रङ्गशालामा हुने जनाएको हो।
पाँचौँ टाइगर कप भलिबल प्रतियोगिता गर्नुको मुख्य उद्देश्य स्वास्थ्य, शिक्षा तथा खेलकुद मूल उद्देश्य रहेको टाइगर ग्रुपले जनाएको छ।
उक्त प्रतियोगितामा महिला ६ टिम र पुरुष ६ टिम गरी १२ टिमको सहभागिता रहेको छ। जसमा महिलातर्फ नेपाल एपिएफ क्लब, काठमाडौँ, टिपटप न्यू डाइमण्ड यूथ स्पोर्टस् क्लब, काठमाडौँ, त्रिभुवन आर्मी क्लब, काठमाडौँ, नेपाल पुलिस क्लब, काठमाडौँ,टाइगर ग्रुप अफ पोखरा नेपाल र ट्राभल इन्कारी यूनाइटेड प्यासन भलिबल क्लब, सिसाकेट, थाइल्याण्ड रहेका छन्।
यसैगरी पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, काठमाडौँ, गण्डकी प्रदेश भलिबल संघ, पोखर, त्रिभुवन आर्मी क्लब, काठमाडौँ, नेपाल पुलिस क्लब, काठमाडौँ, नेपाल एपिएफ क्लब, काठमाडौँ र सुनिल भलिबल क्लब अमिन, कुरुक्षेत्र, भारतको सहभागिता रहेको छ।
उक्त प्रतियोगितामा प्रथम हुने महिला र पुरुष टोलीले नगद ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्।
दोस्रो हुनेले २ लाख ८५ हजार ५ सय ५५ र तृतीय हुने टोलीले नगद १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने टाइगर गुप्र अफ पोखरा नेपालले जनाएको छ।