जनकपुरधाममा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
शुक्रवार बिहान करिब साढे ९ बजे जनकपुरधामस्थित परिक्रमा रोड अन्तर्गत वडा नं.७ मा निर्माण सामग्री लोड भएको ना ६ ख ४५३७ नम्बरको ट्रकले पैदल यात्री महोत्तरीको महोत्तरी गाउँपालिका वडा नं. ५ बस्ने अन्दाजी ५५ वर्षका सत्यनारायण साहलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ।
ट्रक चालकलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धी अनुसन्धान भइरहेको जनाइएको छ।