हिमाली जिल्ला मुगुमा परम्परा देखि सञ्चालन हुँदै आएका खोलाका पानी घट्ट पछिल्लो समयमा लोप हुन थालेका छन्। गाउँमा बिजुली बत्ती पुगेसँगै मिल सञ्चालन आएपछि पहिलेका पुस्ताले गहुँ, कोदो, मकै, फापर पिस्न प्रयोग हुने खोलाका पानी घट्ट, ओखल, जातो पछिल्लो समय बिस्तारै लोप हुन थालेका हुन्।
बिजुली बत्ती गाउँमा पुगेपछि खोलामा चल्ने पानी घट्ट बिस्तारै लोप हुँदै जान थालेका छन्। मिल र बत्तीबाट पिसेको पिठो मिठो नहुने रोटी चाम्रो हुने हिजो आज तराईको मिलबाट पिसेको पिठो धेरै प्रयोग गर्ने गरेको छन् भने गाउँमा बनाएका मिलबाट पिसेको पिठो धेरै मिठो नहुने भएपछि आधुनिक प्रविधिहरूको बढी प्रयोगले गर्दा छायानाथ रारा नगरपालिका भित्र रहेका दर्जनौँ पानी घट्ट प्रयोग विहीन भएको छायानाथ रारा नगरपालिका वडा नम्बर ८ टोप्ला गाउँका कृष्ण बहादुर रावलले बताएका छन्।
मिलमा पिसेको पिठो र बजारमा पाइने पिठोका रोटी खादा स्वाद नहुने ,पेट फुल्ने मानिसहरू बढी बिरामी हुने गरेका छन्। अहिले मिल बाट पिठो पिस्न थालेपछि पानी घट्ट ,ओखल,जातो कमै भेटिने गरेका छन्। मिलमा पिसेको पिठो भन्दा घट्टमा पिसेको पिठोको निकै राम्रो स्वादिलो हुने छायानाथ रारा नगरपालिका वडा नम्बर ५का टोप बहादुर रावलले बताएका छन्।
पुराना पानी घट्ट बाट पिसेको मिठो हुने मकमक अन्नको बास आउने खालको हुन्छ विद्युतीय मिल बाट पिसेको धूलो कुनै पनि स्वाद हुँदैनन्। त्यसै माथि बजारमा मिल बाट पिसेको पिठो बिक्री गर्न राखेको पिठाका कुनै पनि टेस्ट स्वाद नहुने गरेको पाइन्छ। आज भोली सस्तो सहज रुपमा बजारमा पिसेको पिठो चामल पाउन थाले पछि बिग्रेका पानी घट्ट पुनः मर्मत नहुनाले पानी घट्ट घट्दै गएको छन् भने पछिल्लो समयमा पानी घट्ट,ओखल,जातो निमार्ण गर्ने व्यक्तिहरू पनि नभेटिनाले पानी घट्ट,जातो,ओखल लोप हुँदै गइरहेको छायानाथ रारा नगरपालिका वडा नम्बर ६ का ख्याम बहादुर रावलले बताएका छन्।
कोदो, गहुँ र फापर पिस्नका लागि पुराना पुस्ताले प्रयोग गर्दै आएका ती पानी घट्ट पछिल्लो समय लोप हुँदै गएपछि अहिले ती घट्ट सञ्चालनमा ल्याउने पुराना गाउँका अधिकांशले गाउँ नजिकको खोलामा घट्ट लगाउने र त्यो घट्टको भाग छोडेर परिवार पाल्ने गर्दथिए। यो पछिल्लो समयमा मिल र बिधुतका कारण तराई बाट पिसेको पिठोहरू बजारमा पाउने एका तर्फ छदै छ भने अर्को तर्फ गत बर्खाको समयमा आएको बाढी पहिरोले खोलामा लगाएका सबै पानी घट्ट,ओखल,जातो पहिरोले बगाएपछि अहिले खोलाको किनारमा देखिने पानी घट्ट देखिन छोडेका छन् भने यी लोप हुन लागेका पानी घट्ट ओखल,जातो संरक्षण गर्नको लागी एक गाउँ एक पालि घट्ट, गाउँ एक ओखल निमार्ण गर्ने छायानाथ रारा नगरपालिकाको योजना रहेको छायानाथ रारा नगरपालिकाका उपमेयर ऐश्वर्य मल्लले बताएकी छन्।
पछिल्लो समयमा गाउँ घरमा विद्युतीय मिल बाट पिठो चामल कुट्न थाले पछि पुराना पुर्खा देखी चल्दै आएका पानी घट्ट,ओखल,जातो जस्ता स्थानीय स्रोत साधनको प्रयोग बाट निर्माण भएको साधनहरू मुगु जिल्ला लगायत जुम्ला ,काली कोट,दैलेख,हुम्ला डोल्पा,जाजरकोट जिल्लाहरू बाट लोप हुन थाले पछि लोपहुलागेका पानिघट्ट,ओखल र जाँतोको संरक्षण तथा प्रवद्घनको लागी राज्यका स्थानीय ,प्रदेश सरकार देखी सङ्घीय सरकार लागी पर्नुपर्ने देखिन्छ।