सुन्दरहरैंचा उद्योग वाणिज्य संघले आज पत्रकार हरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।  सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा “सुन्दरहरैंचा विराट एक्स्पो-४”माघ ३० गतेदेखि फाल्गुन १० गते सम्म संचालनमा आउन लागेको हो। 

संचालनमा आउन लागेको “सुन्दरहरैंचा विराट एक्स्पो-४” का सूचना, सञ्चार प्रविधि व्यवस्थापन उपसमिति  संयोजक कृष्णप्रसाद ओझाले अहिले आम नागरिकहरु डिजिटल प्रविधि तर्फ बढी केन्द्रित भएकाले  “सुन्दरहरैंचा विराट एक्स्पो-४”को प्रचार प्रसार अनलाइन सञ्चार माध्यम, टिकटक, इन्स्टाग्राम, फेसबुक जस्ता सामाजिक सञ्जालको प्रयोगमा जोड दिइने बताए  ।

छलफलमा आयोजक सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले एक्स्पो सफल पार्न आम सञ्चार क्षेत्रसँग सहकार्य गरेर जाने प्रतिबद्धता जनाए ।सुन्दरहरैंचा विराट एक्स्पो -४को मुख्य उदेश्य निर्माणधीन सार्वजनिक शौचालय पुरा गर्ने र अन्य ठाउमा शौचालय निर्माण गर्ने अध्यक्ष कार्कीले बताए।