नेपाली कांग्रेसले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई अदालत परिसरभित्रै हातपात र दुर्व्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सूचना जारी गर्दै कांग्रेसले सहकारीको अपचलन तथा ठगी प्रकरण सम्बन्धमा काठमाडौँ जिल्ला अदालतमा भएको थुनछेक बहस सकिएपछि अधिवक्ता त्रिपाठीलाई हातपात र दुर्व्यवहार गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
विधिको शासनमा अदालतमा पक्ष र विपक्षका बीचमा बहस गर्न पाउने जो सुकैलाई पनि अधिकार रहेको हुने भन्दै यो घटनालाई नेपाली कांग्रेसले अत्यन्त दुःखदायी घटनाको रुपमा लिएको कांग्रेसको भनाई छ।
कांग्रुले विधिको शासन, कानुनी राज्य र न्यायपालिकाप्रति विश्वास राख्ने राजनीतिक दलका लागि यो अराजकता र अवाञ्छित गतिविधि कदापि स्वीकार्य हुन नसक्ने बताउँदै सो घटनाको घोर निन्दा र भर्त्सना गरेको छ। साथै घटनामा संलग्न जो सुकैलाई पनि कानुनी कारबाहीको दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ।