आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ परेकी छन्।
पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा उनलाई बुधबार स्वयम्भू क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
उनका अनुसार, आशिकालाई अभद्र व्यवहारको कसुरमा पक्राउ गरिएको हो।
कोषले २६ पुसमा आशिकाविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएको थियो। अनुसन्धानका लागि उनलाई पक्राउ गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट २८ पुसमा नै अनुमति लिएको थियो।
प्रहरी वृत्त गौशालाबाट उनीमाथि अनुसन्धान भइरहेको छ।