बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तत्कालीन नेपालको शान्ति प्रक्रियामा निकै महत्त्वपूर्ण भूमिका खेलेका अनमिनका नेपाल प्रमुख ईयान मार्टिनसँग लण्डनमा भेटघाट गरेका छन्।
भेटघाटका क्रममा मार्टिनले अहिले पनि नेपालको शान्ति प्रक्रिया अझै नटुङ्गिएकोले जतिसक्दो छिटो यसलाई टुङ्ग्याउन सुझाव दिए। कोइरालासँगको भेटमा उनले यस्ता कुरालाई लामो समयसम्म राख्न नहुने बताए। 
तत्कालीन समयमा विद्रोहमा रहेको दल समेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकोले सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउनु पर्ने उनको जोड थियो।