मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटना बूढीगंगा गाउँपालिका–२ मा बुधवार बिहानका राति भएको हो।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार प्रदेश १–०२–०४५ प ९३५७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

दुर्घटनामा मोटरसाइकल चालक विराटनगर महानगरपालिका–४ का २१ वर्षीय श्याम गडेरीको मृत्यु भएको जोशीले जानकारी दिएका छन्। दुर्घटनामा परेर गम्भीर घाइते भएका गडेरीलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएकोमा अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन्।