बिर्तामोडको ग्यारेजमा आगलागी हुँदा तीनवटा बसमा क्षति भएको छ।
आज बिहान १०ः३० बजे बिर्तामोड –५ स्थित पश्चिम बसस्टेण्डनजिक रहेको ग्यारेजमा निदि क्याम्पसको मे १ ख ३३४५ नम्बरको बसमा मर्मत गर्ने क्रममा अचानक विद्युत सर्ट भई आगलागी भएको हो। आगलागीबाट स्कुल बस पूर्ण रुपमा जलेर नष्ट भएको छ।
त्यस्तै, सोही ग्यारेजमा बनाउन ल्याएको मे १ ख २२१५ नम्बरको मातृ भाग्यरेखा बसको अगाडीको भाग जलेर क्षति भएको छ। त्यस्तै, प्र१–०१–००१ख४१२६ नम्बरको बसको पेन्टिङ जलेको छ। तीनवटा गाडी जल्दा अन्दाजी २१ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। बसमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो।