मुगुमा रहेको एक नगरपालिका र तीन गाउँपालिका गरी चार स्थानीय तह मध्य बौद्ध (भोटे) समुदायको बाक्लो बसोबासलाई मध्यनजर गर्दै स्थानीय विद्यालयहरूमा भोटे र नेपाली पाठ्यक्रम लागू गरिएको छ।
नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई जिम्मा दिए अनुसार मुगमकामारो गाउँपालिकामाले भोटे र नेपाली भाषामा पाठ्यपुस्तक निर्माण गरी पठनपाठनमा सञ्चालनमा ल्याएको।
पालिकामा ९० प्रतिशत बौद्ध (लामा)धर्मावलम्बी र १० प्रतिशत हिन्दुहरूको बाहुल्यता रहेकाले १७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरूको पठनपाठनमा सहजताको लागि स्थानीय खस नेपाली भाषा र बौद्ध ९लामा० भाषामा पाठ्यक्रम तयार गरेको हो।
यसमध्ये कक्षा २ र ३ को पाठ्यपुस्तक निर्माणको तयारी भइरहेको छ। नेपाली भाषा पढ्न समस्या भएको सुनाउँदै स्थानीय विद्यार्थी छेन्डेल्मा लामाले भोटे भाषाका कारण हाललाई सहज भएको बताइन।
पालिकामा खसान र भोटेहरूको बसोबास भएकाले भोटे समुदायका बच्चाहरूलाई नेपाली भाषा पठनपाठनमा समस्या आउने गरेको स्थानीय अभिभावकहरूको भनाइ छ।
हिन्दु र बौद्ध धमालम्वीहरुको भूगोल, कला, संस्कृति, जडीबुटी, स्थानीय रैथाने अन्नबाली, भेषभूषा, इतिहास, भाषा, धर्म, स्वास्थ्य, सरसफाई, पर्यावरण, पेसा–व्यवसाय, विपद् व्यवस्थापन तथा जीवन उपयोगी सीप समेटेर हिन्दु र बौद्ध भाषामा पाठ्यक्रम निर्माण गरिएकाले पढ्न लेख्न निकै सहज भएको अभिभावक ठिल्ले लामाले बताए।
गाउँपालिका र करानी समुदाय विकास केन्द्र नामक संस्थाको पहलमा कक्षा एकको स्थानीय नेपाली भाषा र बौद्ध भाषामा पाठ्यपुस्तक निर्माण गरी विद्यालयमा सञ्चालनमा आएपछि हिलो आज कक्षामा पढाउन र लेखाउन निकै सहज भएको शिक्षकहरू बताउँछन्।
पालिका भित्रका भेषभूषा ,रीतिरिवाजलाई समेटेर निर्माण गरिएको स्थानीय पाठ्य पुस्तकले मुगमकामारोङ्ख गाउँपालिकाको शिक्षा सुधारमा निकै ठुलो सहयोग पुग्ने माध्यमिक विद्यालयका माग्रीका प्रधानाध्यापक लग्नसिंह सेजुवालले बताए।
स्थानीय पाठ्यपुस्तक कक्षा १ देखि ८ कक्षासम्म सञ्चालन गर्ने नेपाल सरकारको नीति भएपनि पहिलो चरणमा कक्षा १ को पाठ्यपुस्तक निर्माण गरी सञ्चालनमा ल्याइएको र कक्षा २ र ३ को पुस्तक निर्माण अन्तिम चरणमा रहेको मुगमकामारोङ्ख गाउँपालिका शिक्षा शाखाका देबिसंना ठकुरीले बताइन्।