सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले काम गर्ने तरिका सबैले परिवर्तन गरे मात्र विकास हुने बताएका छन्।
शनिवार दिगो पर्यटन सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारण सभामा बोल्दै उनले सरकारमा रहेका हरेक व्यक्तिले आर्थिक र सामाजिक रूपान्तरणको लागि काम गर्ने तरिका नीतिगत तरिकामा विशेष ध्यान दिनुपर्ने बताएका हुन्।
उनले भने,‘हाम्रो कर्मचारी, सरकारमा रहेका हरेक व्यक्ति र प्रहरी प्रशासनले गर्ने जुन कामको तरिका छ त्यो तरिकाको शैली परिवर्तन गर्नुपर्छ। त्यसपछि मात्र विकास हुनसक्छ। नयाँ व्यवस्था र पुरानो व्यवस्थामा काम गर्ने तरिका मिलेको छैन। सरकारमा छौँ सरकारमा जाने मान्छेहरू जुनसुकैले पनि आर्थिक सामाजिक रूपान्तरणका लागि काम गर्ने तरिका र नीतिगत तरिकाहरूमा ध्यान दिएको अवस्था छैन। अहिलेसम्म कुनै सरकारले ध्यान दिएको छैन।’
साथै उनले हाम्रो देशको कानुन निर्माणहरू नै बिग्रेको अवस्था भएको बताए। उनले राज्यले एउटा मात्र मूलभूत पोलिसिलाई निरन्तरता दिएर अगाडि बढ्नुपर्ने बताए।