मोरङको उर्लाबारीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार उर्लाबारी नगरपालिका–५ सार्वजनिक शौचालय अगाडि प्रदेश १–०२–०४५ प २४६० नम्बरको स्कुटर ‘स्टार्ट’ गर्ने क्रममा आफैँ अनियन्त्रित भएर शुक्रवार साँझ ५ः४५ बजेतिर भित्तामा ठोक्किए दुर्घटना भएको थियो।
दुर्घटनामा स्कुटर चालक उर्लाबारी–५ झुम्राहाका अन्दाजी ४५ वर्षीय नरेन्द्र गुरुङको मृत्यु भएको जोशीले बताए। दुर्घटनामा गम्भीर घाइते भएका गुरुङलाई प्रहरीले उपचारका लागि विराटनगरको न्युरो अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको थिए।
घटनाको थप अनुसन्धान अघि बढाइएको जानकारी जोशीले दिए।