नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रको हस्तक्षेपले गर्दा प्रदेश राम्ररी चल्न नसकेको धारणा राखेका छन्।
जनकपुरधाममा आइतबार पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले, केन्द्रले सङ्घीयताको मर्म नबुझेका कारण निजामती कर्मचारी एन, शिक्षा एन, प्रहरी एन लगायतका एन हाल सम्मा नबन्न सकेको र यसमा आफू स्वयम पनि जिम्मेवार रहेको बताएका छन्।
मधेस प्रदेश मात्र नभएर सात वटै प्रदेशमा यसले प्रभाव परिरहेको उनले धारणा राख्नु भएको छ। यसमा कांग्रेसलगायत केन्द्रमा भएका सम्पूर्ण पार्टी उति नै जिम्मेवार रहेको उनले बताए।
त्यस्तै, यसको समाधानका लागि जतिसक्दो निजामती कर्मचारी एन, प्रहरी एन, शिक्षा एन ल्याउन आवश्यक रहेको उनले बताए। तत्काल यी एन नल्याए प्रदेश नचल्ने उनको भनाई छ। सिडियोलाई प्रदेशको गृहमन्त्रीले चलाउन नसक्ने अवस्था रहेकोले नियम कानुन बनाएर दिन आवश्यक रहेको उनले औँल्याए । डा. कोइरालाले यसमा केन्द्र बसेको आफूलगायत सम्पूर्ण पार्टी दोषी रहेको स्वीकार गरे।