दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुगेको छ। विमानमा सवार १८१ जनामध्ये १२० जनाको मृत्यु पुष्टि भएको नेसनल फायर एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको थियो।
थाइल्यान्डको बैंककबाट उडेको बोइङ ७३७–८०० विमान दक्षिण कोरियाको मुआन विमानस्थलमा दुर्घटनामा परेको थियो। दुर्घटनाको कारण अझै पुष्टि हुन सकेको छैन।
दुर्घटनामा परेकामध्ये अहिलेसम्म दुई जनाको जीवितै उद्धार गरिएको छ। उनीहरू उडान दलका सदस्य रहेको बीबीसीले जनाएको छ। उनीहरूमध्ये एक पुरुष र एक महिला हुन्। उनीहरू विमानको पुच्छर भागमा भेटिएको नेसनल फायर एजेन्सीले जनाएको छ।