सोलुखुम्बुको लुक्ला विमानस्थलबाट ६ यात्रुसहित काठमाडौंका लागि उडेको एउटा हेलिकप्टरमा चरो ठोक्किएको छ।

हेली एभरेष्टको ९ एन-एकेजी कलसाइनको हेलिकप्टरमा चरो ठोक्किएपछि पाइलटले काभ्रेपलाञ्चोकको साँगामा सुरक्षित अवतरण गराएका छन्।

आइतबार बिहान लुक्लाबाट उडेको हेलिकप्टरमा चरो ठोक्किए पनि ठूलो क्षति भएको छैन। हेलिकप्टरलाई पुनः उडान पठाउन प्राविधिक चेकजाँच भइरहेको छ। चरो ठोक्किएको हेलिकप्टरमा चालक र यात्रु सुरक्षित छन्।

हेलिकप्टरमा चरो ठोक्किएपछि सम्भावित खतराबाट जोगिन पाइलटले तत्कालै साँगामा अवतरण गराएका हुन्।