प्रारम्भ फाउन्डेसनले आयोजना गरेको ग्लाम नेपाल इन्टरनेशनलको चौथो सिजनको फेसन सो सम्पन्न भएको छ। 
शनिबार साँझ काठमाडौँमा आयोजित समारोहबिच नेपाली चलचित्र क्षेत्रका लब्ध प्रतिष्ठित कलाकारहरूको सहभागितामा सो सम्पन्न भएको हो। 
विभिन्न १० वटा सिक्वेन्समा सम्पन्न फेसन सो मा ८ जना डिजाइनले तयार पारेको पोसाकमा ३७ जना कलाकारले प्रस्तुति दिएका थिए। 
प्रारम्भ प्रडक्सनका प्रमुख प्रकाश आचार्यले, नेपालमा फेसन सो को वृद्धि विकासका र कलाकारको प्रस्तुतिलाई अगाडि बढाउन फेसन सो आयोजना गरिएको बताए।
उनले, नेपाली कलाकारिता क्षेत्रमा यस्तो खाले फेसन सो ले आगामी दिनमा इन्डट्रिलाई अगाडि बढाउन मद्दत पुग्ने बताए। 
फेसन सोमा नेपाली चलचित्र क्षेत्रका अभिनेता तथा अभिनेत्रीहरू प्रस्तुत भएका थिए। जसमा, अभिनेत्री आँचल शर्मा, साम्राज्य राज्यलक्ष्मी शाह, मिरूना मगर, आना शर्मा, मिस युनिभर्स नेपाल २०२२ को विजेता सोफिया भुजेल, अभिनेता प्रदीप खड्का, र्‍याम्पर साकार लगायतका कलाकारले प्रस्तुति दिएका थिए।