बिर्तामोड उद्योग वाणिज्य सङ्घले स्थापना गरेको व्यवसायिक राहत कोषका लागि रकम जम्मा हुने क्रम जारी छ।
सामाजिक क्षेत्रका अगुवा तथा व्यवसायीहरुले विभिन्न अवसर परेर सङ्घले स्थापना गरेको कोष वृद्धिका लागि सहयोग गर्दै आएका छन्।
व्यवसायीलाई विपद् पर्दा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको कोषका लागि बिर्तामोडका युवा व्यवसायी नारायणप्रसाद चिमरियाले शनिवार २१ हजार रुपैयाँ सहयोग गरेका हुन्। उनले आफ्नो जन्म दिनको अवसर परेर सङ्घका अध्यक्ष राजु न्यौपानेलाई उक्त रकम प्रदान गरेका हुन्। चिमरिया सङ्घको पूर्व वाणिज्य उपाध्यक्ष तथा च्याङथापु स्टोरका सञ्चालक हुन्। उनी नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय महासचिव समेत रहेका छन्।
चिमरियाले सङ्घले स्थापना गरेको कोषमा रकम वृद्धिका लागि सहयोग पु¥याएसँगै बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष न्यौपानेले कदर पत्र प्रदान गरेका थिए।

यस अघि युवा व्यवसायी रुपक ओडारीले आफ्नो जन्म दिनको अवसर पारेर पाँच हजार एक सय रुपैयाँ सहयोग गरेका थिए।

जन्म दिनकै अवसरमा सङ्घकी पूर्व कार्य समिति सदस्य तुलसा ढकाल खनालले २१ हजार रुपैयाँ सहयोग गरेकी छिन्। उनी रिया कस्मेटिक सेन्टरकी सञ्चालक हुन्।

सङ्घले सकारात्मक कार्यको सुरुवात गरेको भन्दै अहिले अधिकांश व्यवसायीले फजुल खर्चलाई कटाएर सामाजिक हितका लागि भन्दै सङ्घको कोष वृद्धिका लागि सहयोग उपलब्ध गराउँदै आएको सङ्घका महासचिव कुशल खतिवडाको भनाई छ।