मोरङमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा बाबु–छोराको मृत्यु भएको छ।

गतराति १२ः१० बजेतिर मोरङको ग्रामथान गाउँपालिका २ झोराहाट चौकस्थित घिनाघाट सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भएर नहरको पुलमा ठक्कर हुँदा चालक ग्रामथान १ बस्ने अन्दाजी २२ वर्षीय आशिक मरिक र पछाडि सवार उनकै बुबा ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको हो। घटनामा दुवैजना घाइते भएका थिए।

विराटनगरबाट विराटचौकतर्फ जाँदै गरेको प्रदेश १–०४–००२ प १९०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ।

उनीहरूलाई उपचारका लागि विराट नर्सिङ होम अस्पताल पठाइएको थियो। उपचारका क्रममा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।