सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल) मा बुधवारको दोस्रो खेलमा काठमाडौँ गुर्खाजले लुम्बिनी लायन्सलाई १ सय ४ रनको सामान्य लक्ष्य दिएको छ।
आजको खेलमा काठमाडौँ गुर्खाज १९.२ ओभरको खेलमा १ सय ३ रन बनाएर अलआउट भएको हो।
टियु क्रिकेट मैदानमा काठमाडौँका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका थिए।
५ खेलमा ४ मा हार र १ मा जित सहित लुम्बिनी अङ्क तालिकाको पाँचौ स्थानमा छ। मङ्गलवार भएको पछिल्लो खेलमा चितवन राइनोजमाथि लुम्बिनीले जित हात पारेको थियो।
लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।
३ खेलमा २ मा हार र १ मा जितका साथ काठमाडौँ तालिकाको छैटौँ स्थानमा छ।