सप्तरीमा अस्पतालका एक जना कर्मचारीको शव झ्यालमा बाँधिएको अवस्थामा फेला परेको छ।
जिल्ला खेलकुद विकास समिति परिसरको भवनको झ्यालमा बाँधिएको अवस्थामा गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत अन्दाजी ४५ वर्षीय सुधीर कुमार झाको शव भेटिएको हो।
डोरीले उनको घाँटी कसेर झ्यालको रडमा बाँधिएको अवस्थामा भेटिएको सप्तरीका प्रहरी प्रमुख, एसपी ढकेन्द्र खतिवडाले बताए। आइतबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको एसपी खतिवडाले बताए।