भारतको दक्षिणी राज्य तेलंगानामा शनिबार बिहान कार तालमा खस्दा कम्तीमा पाँचजनाको मृत्यु भएको छ। एकजना घाइते भएका पुष्टि भएको छ।

दुर्घटना राज्यको यादद्री भुवनगिरि जिल्लाको जलालपुरनजिकै भएको हो। कारचालकले गाडीमाथि नियन्त्रण गुमाएकाले दुर्घटना भएको अनुमान छ।

राज्यको राजधानी हैदरावादबाट भुदन पोचमपल्ली क्षेत्रमा निकै तीव्र गतिमा गुडिरहेको कार दुर्घटनामा परेको बताइएको छ।

पाँचैजनाको शव तालबाट निकालिएको छ। घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।