आज सोमवार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतवार एक लाख ६६ हजारमा कारोबार भएको छापावाला सुन आज तोलामा एक हजारले घटेर एक लाख ६५ हजारमा कारोबार भइरहेको छ । 

यस्तै, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । 

आइतवार प्रतितोला रु एक हजार नौ सय ६० मा कारोबार भएकामा चाँदी आज एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।