नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् ।

नेपालस्थित अमेरिकी दूतावासले लामिछानेलाई भिसा उपलब्ध गराएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । यसअघि दूतावासले उनलाई भिसा दिन अस्वीकार गरेको थियो ।

Photos

नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकामा छ । यही अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म नेपाल, अमेरिका र स्कटल्याण्डबीच आईसीसी विश्वकप लिग २ प्रतियोगिता हुँदै छ । सन्दीप उक्त प्रतियोगिता खेल्न आजै बेलुका अमेरिका जाने क्यानले जानकारी दिएको छ ।