नेपाल तेक्वान्दो संघ र नेपाल स्थित कोरियाली राजदुतावासको संयुक्त आयोजनामा ‘कोरियाली राजदूत ओपन तेक्वान्दो च्याम्पियनशिप २०२४’ सुरु भएको छ । 

कोरिया र नेपालबीच दौत्य सम्बन्ध स्थापित भएको ५० औ वार्षिकोत्सवको अवसरमा उक्त च्याम्पियनशिपको आयोजना गरिएको हो । सो च्याम्पियनशिप कात्तिक २ गतेदेखि ५ गतेसम्म सञ्चालन हुनेछ । 

च्याम्पियनशिप लगायत नेपालस्थित कोरियाली राजदुतावास र अन्य विभिन्न संघ संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ बार्षिकोत्सव मनाईरहेका छन् । 

उक्त राष्ट्रिय प्रतियोगिताको उद्घाटन समारोहमा कोरिया स्थित तेक्वान्दो मुख्यालयको तेक्वान्दो डेमोन्स्ट्रेसन टोलिबाट विशेष खेल प्रदर्शन भएको छ ।