नेपालका अभिषेक बरालले छैटौँ कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा बिहीबार रजत पदक जितेका छन् ।
इन्डोनेसियाको जकार्तामा जारी प्रतियोगिताको पुरुष ८० केजीमुनि फाइनलमा अभिषेक आयोजक राष्ट्रका खेलाडीसँग पराजित भएपछि रजतमा सीमित भए ।
फाइनल यात्रा तय गर्न अभिषेकले इन्डोनेसिया, फिलिपिन्स र पाकिस्तानका खेलाडीलाई हराएको काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष विक्रम खड्गीले जनाएका छन् । 
अध्यक्ष खड्गीका अनुसार २६ राष्ट्रको सहभागिता रहेको यो जी टु ¥याङकिङ प्रतियोगिता हो ।
प्रतियोगितामा अभिषेकसँगै नेपालबाट १० खेलाडी सहभागी छन् । अभिसेकसँगै ६ खेलाडी क्योरोगी तथा बाँकी ४ खेलाडी पुम्सेमा सहभागी छन् । 
ग्योरोगीमा अभिषेक डल्लाकोटी, सुजबकुमार यादव, भीमबहादुर खड्का, वर्षा थापा र अनिश घिसिङ पदकविहीन बने ।
पुम्सेमा यबन्दिन दाहाल, सरोज तामाङ, कुमार तामाङ र देवराज काम्छाले शुक्रवार प्रतिस्पर्धा गर्ने छन् । नेपाली टोलीको प्रशिक्षकमा विकेश विडारी छन् ।
टोलीलाई प्रोत्साहन स्वरूप काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घले पोसाक प्रदान गरेको थियो । 
जिल्ला सङ्घले जी १ ¥याङकिङदेखि माथिका तेक्वान्दो प्रतियोगितामा सहभागी हुने टोलीलाई पशोक प्रदान गर्ने गरेको अध्यक्ष खड्गीले जानकारी गराए । 
सरोज, अनिश र देवराज बाहेकको टोली ताइपेई सिटी कप तेक्वान्दो प्रतियोगितामा सहभागी हुने बताइएको छ । प्रतियोगिता अक्टोबर २४ देखि २७ तारिखसम्म ताइपेईंमा हुनेछ ।